कोशी सरकारविरुद्ध परेको रिटमा आज हुने भनेको सुनुवाइ स्थगित
काठमाडाैं | भदौ १५, २०८०
काठमाडौं: असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कोशी सरकारविरुद्ध परेको रिटमा आज शुक्रवार हुने भनेको सुनुवाइ स्थगित भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।
विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका प्रदेशसभा सदस्यले समेत मत दिएपछि रिट परेको हो । यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेशसभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै कोशी सरकारलाई दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो । अन्तरिम आदेशसँगै आजका लागि पेसी तोकिएको थियो ।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

